इटहरी : कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्येनजर गर्दै इटहरी उपमहानगरले इटहरीमा संचालन भइरहेका विभिन्न कार्यक्रमहरुलाई रोक्न आग्रह गरेको छ ।
कोरोना भाइरसको जोखिमवाट वच्न सरकारी, सामुदायिक र निजी क्षेत्रका तालिम केन्द्रहरुले संचालन गरिरहेका तालिमहरु नगर्न समेत उपमहानगरले आह्वान गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले सीप विकास केन्द्र, पीरामिड इन्ष्च्यिूट र पाथीभरामा आँफै अनुगमन गरी कार्यक्रम नगर्नका लागि निर्देशन दिएकी थिईन् ।
उनले इटहरीका अन्य ठूला सपिङ सेन्टर र होटलहरुमै पुगेर भीड नगर्न र हात धूनका लागि साबुन पानी राख्न अपिल गरिन् ।
बजारमा उपभोग्य समाग्रीको कृतिम अभाव गरेको पाइए प्रचलित कानुन वमोजिम तत्काल कडा कारवाही गरिने जनाइएको छ । यस्तै यातायातका साधनहरुमा सिटसंख्या भन्दा वढी यात्रु राखेर सवारी चलाउँन नपाइने भएको छ ।
Discussion about this post