इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ५ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा इटहरी ५ का ७९ वर्षीय संक्रमित बृद्ध पुरुषको आज विहान साढे ९ बजे मृत्यु भएको हो । उनलाई दुई दिनअघि अस्पतालमा भर्ना गरिएर उपचार थालिएको थियो ।
यस्तै, कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा तीन, नोबेल अस्पतालमा तीन र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा एक संक्रमितको गरी सातजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–११ का ३८ वर्षीय पुरुष, विराटनगर–६ का ५६ वर्षीय पुरुष र इटहरी–५ का ७९ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ ।
यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–१ का ७७ वर्षीय पुरुष, धरान–१ का ३८ वर्षीय पुरुष र धनकुटाको छथर–जोरपाटी गाउँपालिका–४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।
विराटनगरका ४९ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको विराट मेडिकलको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले जानकारी दिए ।














Discussion about this post