इटहरी : इटहरीमा आज विहानैदेखि लकडाउन कडा बनाइएको छ । सुनसरी प्रशासनले वैशाख ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी जिल्लाभर जेठ १५ गतेसम्मका लागि लकडाउन गरेको छ । लकडाउनमा दूध डेरी, तरकारी पसल, फलफूल पसल तथा माछामासु पसल समेत बन्द गर्ने प्रशासनले निर्णय गरेपछि इटहरीमा पनि लकडाउन कडा बनाइएको हो ।
कोरोनाको उच्च जोखिममा रहेको इटहरीमा आज विहानैदेखि लकडाउन कडा बनाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए ।
‘हामीले इटहरी आउने चारवटै नाकामा कडाइका साथ चेकिङ गरिरहेका छौँ,’ डीएसपी केसीले टाकुरासँग फोन सम्पर्कमा भने, ‘अहिलेसम्म कोही पनि नियन्त्रणमा छैनन्, लकडाउन उल्लंघन गरेर जबरजस्ती हिड्न र पसल खोल्न खोज्नेलाई कारबाही गर्छौँ ।’
उनका अनुसार मोरङको सीमनाबाट आउने बुढीखोला, रामधुनीको सीमाना पकली, धरानको सीमाना चारकोशे र दुहवीको सीमाना खनारमा चेकिङमा कडाइ गरिएको छ । कतिपय मानिसहरु बैँक र अस्पताल जाने भन्दै हिड्ने गरेकाले पनि उनीहरुलाई समेत काउन्सिल गरिदैँ आएको केसीले बताए ।
‘कोही मानिसहरु चेक बोकेर बैँक हिँडेको भन्छन्, कोही एक पत्ता औषधी बोकेर अस्पताल हिँडेको भन्छन्, यस्तो समयमा आफैँ बुझेर जोगिने हो, उनले भने, ‘यद्यपि हामीले सबैलाई सम्झाई बुझाई गर्दै आएका छौँ, आजबाट अटेर गर्ने र कामबिना हिड्ने मानिसलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’
कामबिना हिँडडुल गर्ने र जुनसुकै पसल खोल्न खोज्ने मानिसहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाईने डीएसपी केसीले जानकारी दिए । सबै ठाउँमा प्रहरी पुग्न नसक्ने भएकाले इटहरी क्षेत्रमा पसल तथा भीडभाड हुनेगरी मानिसहरु जम्मा भएमा प्रहरीलाई खबर गर्न समेत उनको अपिल थियो ।
यो पनि – सुनसरीमा आज रातिदेखि पूर्ण लकडाउन
यो पनि – सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी संक्रमित, सक्रिय संक्रमित दुई हजार
यो पनि – सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्ने निर्णय
यो पनि – सुनसरी जिल्लाभर जेठ १५ गतेसम्म लकडाउन (सूचनासहित)
यो पनि – इटहरीमा निषेधाज्ञाको अवधि थपियो, औषधी पसल बाहेक सबै व्यापार बन्द (सूचनासहित)
यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)
यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)
यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)
यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा














Discussion about this post