प्रदेश १ नं. को सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । तिनै जिल्लामा शनिवार देखी जेठ १५ गतेसम्म पूर्ण निषेधाज्ञा कार्यान्वयन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ ले सुरक्षाकर्मीलाई निर्देशन दिएको हो ।
शुक्रवार बसेको प्रदेश सुरक्षा समितिको बैठकले तिन जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्यु दर बढ्न सक्ने पूर्वानुमान गर्दै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जनाइएको छ ।
यस्तै नेपाली सेनालाई पनि निषेधाज्ञा कार्यान्वयन गराउन सीमित सङ्ख्यामा परिचालन गर्ने भएको छ । निषेधाज्ञा पालना गराउन जिल्लाका सबै सहरमा जनचेतना जगाउने र माइकिङ गर्ने काममा सेना परिचालन हुनेछ । तिनै जिल्लामा निषेधाज्ञा पालनामा सर्वसाधारणले अटेर गरेको प्रदेश सुरक्षा समितिको निष्कर्ष छ ।
निषेधाज्ञा पालना गराउन कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी र प्रजिअलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निर्देशन दिइएको जनाइएको छ ।
आन्तरिक मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलका अनुसार सुनसरी, मोरङ र झापा जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा अत्यन्त कडा हुनेछ ।
जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर भए पनि एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत कडाइ गरिने पौडेलले बताए । अब निषेधाज्ञा अवज्ञा गर्ने विरुद्ध कानुनी कारबाहीमा समेत जोड दिइने बैठकबाट निर्णय भएको छ । बैठकबाट प्रदेश १ मा अक्सिजन अभाव हुन नदिन मन्त्रालयबाट कार्यदल गठन गर्ने निर्णय भएको छ । प्रदेशमा रहेका कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन उघोगीहरुलाई संलग्न गराई कार्यदल गठन गर्ने जनाइएको छ ।
१ महिनासम्म कैद
निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने जनाइएको छ ।
अपराधन्यूजबाट साभार ।
यो पनि – इटहरी, धरान र इनरुवामा सेना परिचालन, लकडाउन कडा बनाइने
यो पनि – इटहरीमा आज विहानैदेखि लकडाउन कडा, डीएसपी भन्छन्, ‘अटेर गर्नेलाई कारबाही गर्छौँ’
यो पनि – सुनसरीमा आज रातिदेखि पूर्ण लकडाउन
यो पनि – सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी संक्रमित, सक्रिय संक्रमित दुई हजार
यो पनि – सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्ने निर्णय
यो पनि – सुनसरी जिल्लाभर जेठ १५ गतेसम्म लकडाउन (सूचनासहित)
यो पनि – इटहरीमा निषेधाज्ञाको अवधि थपियो, औषधी पसल बाहेक सबै व्यापार बन्द (सूचनासहित)
यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)
यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)
यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)
यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा














Discussion about this post