इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
इटहरी अस्पतालका अनुसार ५५ वर्षीय संक्रमित महिलाको आज नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई केही दिन अगाडि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । यो सँगै इटहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
इटहरीमा हालसम्म जम्मा संक्रमितको संख्या ८५६ पुगेको छ भने १९४ जना निको भएका छन् ।














Discussion about this post