तरहरा : इटहरी उपमहानगरपालिकाले यहाँ लाग्ने सबै साप्ताहिक हाटबजार नलगाउँन निर्देशन दिएको छ ।
इटहरी उपमहानगरले एक सूचना गरी इटहरीको बुधबारे, रिजलटाँसी, तरहरा, पचरुखी लगायतका अन्य सबै ठाँउहरुमा लाग्ने साप्ताहिक हाटबजार नलगाउँन जनाएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न हाटबजार नलगाउन र नजान सम्वन्धित सबैलाई आग्रह गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
अर्को सूचना जारी नभएसम्मका लागि साप्ताहिक हाटबजार स्थगित गरिएको बताउँदै उनले यस अघि नै उपमहानगरले बिभिन्न कार्यक्रमहरु चैत मसान्त सम्म रोक्न आग्रह गरेको बताईन् ।
इटहरीमा सिनेमाहल,जिमखाना,डान्सबार,क्लब लगायत पनि चैत मसान्त सम्म संचालन हुने छैनन ।
Discussion about this post