इटहरी : नोबेल कोरोना भाइरसका कारण इटहरीको व्यापार खस्किएको व्यापारीहरुले गुनासो गरेका छन् । व्यापार खस्किएका कारण व्यापारीहरुले सरकारसँग सहुलियतको माग समेत गरेका छन् ।
उद्योग वाणिज्य संघ इटहरीले सरकारसंग विशेष सहुलियतको माग गरेको हो । उवासंघ इटहरीले एक पत्रकार सम्मेलनको आयोजना गरी सहुलियत माग गरेको हो । संघले बैंक ब्याज, घरभाडा, कर लगायतको बिषयमा सहुलियत दिनुपर्ने माग गरेको छ । इटहरी क्षेत्रमा सञ्चालित होटल, किराना, रेडिमेड व्यवसायीहरुलाई कोरोनाका कारण असर परेको भन्दै सहुलियत हुनुपर्ने उवासंघ इटहरीका महासचिव पिताम्बर पोखरेलले बताए । उनले भने, ‘कोरोना भाइरसका कारण स–साना व्यापारीदेखि ठूला व्यवसायमा पनि प्रभाव पारेको छ, सामान बिक्री नै नभए के बाट तिर्नु बैँकको ब्याज र घरभाडा ?’
उनले सरकारको तीनै तहबाट व्यवसायीको समस्या अबगत हुनुपर्ने माग गरे । उवासंघ इटहरीका सदस्य तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले एक महिनाको व्याज, कर, घरभाडा लगायत छुट गर्न माग गरेका थिए । कोरोना प्रभावित उद्योग–व्यवसायहरुलाई घरभाडा तथा बैंकको ब्याजदरमा सहुलियत दिने काम सरकारले गर्नु पर्ने उनको भनाई रहेको थियो ।
मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ
मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...











Discussion about this post