इटहरी : इटहरीमा ७५ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
वैशाख ३० गते ७५ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण भएको इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे । उनीहरुको आइतबार राति रिपोर्ट आएको हो ।
यो सँगै इटहरीमा हाल कुल संक्रमितको संख्या एक हजार २२ पुगेको धमलाले बताए । त्यस्तै, निको हुनेको संख्या २३४ रहेको उनले बताए । इटहरीमा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ ।
इटहरीमा दैनिक कोरोना संक्रमणको दर बढ्दै गएकाले सचेत रहन अस्पतालले अपिल गरेको छ ।
यो पनि – इटहरीमा एकै टोलमा सात घरका २५ जना बिरामी, ४ जनाको पीसीआर परीक्षण














Discussion about this post