२४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरबाट ७ हजार ९ सय ८९ जना निको भएका हुन् । यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो ।














Discussion about this post