इटहरी : गएको २४ घण्टामा प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१ जना छन् भने भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जना रहेका छन् ।
मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१ जना छन् ।
यसैगरि, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६ जना रहेका छन् । झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १ जना छन् । भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा १–१ जना छन् ।
पाँचथरको मिक्लाजुङमा ७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । आज प्रदेशभरि २१९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमित भएका मध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ ।














Discussion about this post