इटहरी : सुनसरीमा थप एक साता लकडाउन थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार थप एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार डीसीसीएमसीको निर्णयले एक साता थप गरि जेठ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
लकडाउन अवधीभर अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ ।














Discussion about this post