मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ। चौथो पटक थपिएको निषेधाज्ञाको समय भोलि सोमबार राति १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दबाब परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।














Discussion about this post