इटहरी : निषेधाज्ञा उल्लघंन गर्नेलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यायल इटहरीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकसहित आठजनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
इटहरी ९ मा होटल संचालन गरेको तथा होटलमा ग्राहक भेला भएर भीड गरेको सूचनाका आधारमा आठजनालाई पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए । उनका अनुसार इटहरी ९ बस्ने ३१ वर्षीय ओमप्रकाश थापा होटल सञ्चालकसहित अन्य आठजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५१ वर्षीय बाबू घिमिरे होटल सञ्चालक रहेका छन् ।
त्यस्तै, इटहरी ६ बस्ने २५ वर्षीय राहुल चौधरी इटहरी ९ बस्ने २३ वर्षीय रोहन साह सोही ठाउँ बस्ने ३६ वर्षीय समय वाक सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल दुलही इटहरी १ बस्ने ४९ वर्षीय मनोज सिंह र इटहरी ९ बस्ने ३६ वर्षीय लालटु दासलाई प्रहरी पक्राउ गरेको डीएसपी केसीले जानकारी दिए । केसीका अनुसार उनीहरुले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय ईनरुवा पठाइएकोमा होटल संचालकलाई जनही सात हजार रुपैँया जरिवाना तिराइएको छ । त्यस्तै, होटलमा मादक पदार्थ सेवन गर्ने मानिसहरुलाई जनही तीन हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।














Discussion about this post