मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभरि जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जानकारी दिए ।
यसअघि जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले २४ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ ।
निषेधाज्ञा उलंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।














Discussion about this post