इटहरी : इटहरी उपमहानगरपालिकामा तीनवटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोप दिइने भएको छ । ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई कोभिड १९ विरुद्दको भेरोसेल खोप दिइने भएको हो । जेठ २५ गते देखि २७ गते सम्म तीनवटा खोप केन्द्रवाट खोप दिइने इटहरी अस्पतालले जनाएको छ ।
वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रमा सेवा लिन सक्नेछन् ।
त्यस्तै १, २, १७ १८ १९ र २० का वडाबासीले हाँसपोसा स्वास्थ्य चौकीको खोप केन्द्र र १० देखि १६ सम्मका वडा बासीका स्थानियले खनार स्वास्थ चौकीमा खोप लगाउन सक्ने भएका छन् ।
खोप लगाउने समय बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म तोकिएको छ । खोप लगाउन आउनेलाइ उमेर र इटहरी उपमहानगरपालिकामा बसोबास गरेको खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।
कस्ले लगाउन मिल्दैन भेरोसेल खोप
मुख्यतया: प्लाज्मा थेरापि गरेको ९० दिन नकटेकाले यो खोप लगाउन मिल्दैन् तर प्लाज्मा लिएकोले ९० दिन पछि लगाउन मिल्छ ।
त्यसैगरी कोभिड १९ संक्रमित भएको व्याक्तिले सक्रमणमुक्त भएको ३० दिन पछि मात्रै लगाउन मिल्छ ।
साथै छारे रोग, मस्तिष्क सम्वन्धिका रोगी र गम्भीर बिरामी, उच्च ज्वरो आएको आदिले पनि भेरोसेल खोप लगाउनु हुँदैन।
Discussion about this post