इटहरी : कोरोना भाईरसको संक्रमण फैलन नदिन इटहरीको जनता क्याम्पसमा कक्षा कोठाको कुर्सी हटाएर ब्यबस्थित बेडको ब्यबस्थापन गरिएको छ ।
इटहरीका सामाजिक संस्था र हस्पिटलहरु सामुदायिक अस्पताल (30बेड ), एपेक्स हस्पिटल(१०), अभियान नेपाल(१०), तरहरा कृषि फर्म (10), टि आर हस्पिटल (१५), बेदान्त हस्पिटल (७) गरि अन्य संस्थाहरुको सहयोगमा एक सय वटा बेड तयार गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । बेड तयार भइसकेको भएपनी सुरक्षा को स्थिती हेरेर, रामोसंग चेकजांच गरेर मात्र सन्चालनमा ल्याइने इटहरी उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामचरण चौधरीले जानकारी दिए ।
उनले भने, “बेड तयार भएपनी कतिको दुरिमा राख्ने कसरी राख्ने भन्ने कुराहरु मजाले बुझेर मात्र तयारीमा ल्याइने छ ।” बेड राख्नका लागि स्थानिय युवाहरु गोपाल गिरी, अरुण गुरुङ्ग र जितेन्द्र थापाको टोलिमा युवारु भेला भएर कक्षा कोठाको कुर्सीहरु हटाएर बेडको ब्यबस्थापन गर्न सहयोग गरेका थिए । स्थानिय युवा गोपाल गिरीले भने, “आफ्नो स्वास्थ्यको ख्याल गर्दै सुरक्षित वातावरणमा रहेर भैपरी आउने समस्याहरुमा हामी सहयोग गर्दै जानेछौं ।”
Discussion about this post