इटहरी : प्रदेश १ मा थप ३९४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको दमकमा ५५, बिर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बा¥हदशी र शिवसताक्षीमा ४–४, अर्जुनधारा र हल्दिबारीमा २–२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जना छन् ।
मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैँचा र उर्लाबारीमा ४–४, केराबारी र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १ जना छन् ।
यता, सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहबीमा ५, बराहक्षेत्रमा ४, इनरुवा र बर्जुमा ३–३, देवानगञ्जमा २, गढी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा १–१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १–१ जना छन् ।
त्यस्तै, इलामको रोङ र चुलाचृुलीमा १–१, पाँचथरमा १ , ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ८३५ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ ।














Discussion about this post