Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी कमल थापा नै संलग्न रहेको आशंका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०७८
in टाकुरा विशेष, समाचार
0
सुनसरीका विवादित एसपी कमल थापाका घुमुवा तानिए
1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा नै तस्करीमा संलग्न रहेको आशंका गरिएको छ ।

सुरक्षा संवेदनशिलता तथा राजस्व छलीको हिसावले महत्वपूर्ण मानिने सुनसरीमा प्रहरीको काम कारवाही फितलो रहँदा जिल्लाबाट पेट्रोलियम पदार्थ, हरियो मटर, सुपारी तथा मरिचको भारत तर्फ तस्करी बढिरहेको भन्दै सुनसरी प्रहरीको आलोचना हुँदै आएको थियो ।

यसअघि सुनसरीमा सरुवा भएर आएदेखि विवादित विषयमा नाम जोडिएर छवि बनेका एसपी थापाकै संरक्षण तथा निर्देशनमा व्यापक चोरी तस्करी बढेका समाचार सार्वजनिक भएपछि उनलाई कार्बाही गर्नुपर्ने माग व्यापक भएपछि छानबिन समिति बनेको थियो ।

सीमा सुरक्षामा बाक्लो संख्यामा प्रहरी परिचालन हुँदा समेत पछिल्लो समय नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय पचास कार्टुन चाईनीज स्याउसहित भारतीय भूमि बीरपुरमा भेटिएपछि छानबिन समिति बनेको थियो ।

पछिल्लो समयमा स्याउ तस्करीको विषय मिडियामा चर्चामा रहेपनि भारतीय प्रहरीले नेपालबाट तस्करी भएर भारतीय बजारमा पुगेका स्याउ, मरिच लगायतका सामानहरु ठूलो परिमाणमा धमाधम बरामद गरिरहेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले स्याउ तस्करीमा संलग्न तीनजना प्रहरीलाई निलम्बन गरि कारबाहीको प्रक्रिया समेत अगाडि बढाएको छ । यसअघि प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भण्टाबारीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो । यस्तै, भण्टाबारी मातहतमा रहेको अस्थाई प्रहरी चौकी कोशी कटानका इन्चार्ज असई आशनारायण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई निलम्बन गरिएको थियो ।

भारतसँग सीमाना जोडिएको सुनसरी भण्टाबारी, श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकादेखि तस्करी हुने गरेको छ । तस्करीमा सुनसरी प्रहरी प्रमुख एसपी कमल थापा नै संलग्न रहेको आशंका गरिएको थियो । विवादित प्रहरीको छवि बनाएका उनीमाथि यसअघि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीमा आर्थिक लेनदेन भएको भन्दै उजुरी समेत परेको थियो ।

सुनसरीबाट स्याउसहित लागूऔषध समेत ठूलो मात्रामा तस्करी हुने गरेको छ । तर, यस विषयमा सुनसरी प्रहरी मुकदर्शक जस्तै बनेको छ ।

प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि गएको चाइनीज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूलो परिमाणमा बरामद गरेपछि प्रहरीको पनि संलग्ना रहेको खुलेपछि प्रदेश प्रहरीले तीनजना प्रहरीलाई निलम्बन गरी कारबाही अगाडि बढाएको हो । स्याउसहित पक्राउ परेका ट्रकहरु सुनसरीकै भूमि भएर बीरपुर पुगेको पुष्टि भएपछि छानबिन समिति बनेको थियो । सीवावर्ती प्रहरी बिटका केही इन्चार्जलाई कारबाही गराएर एसपी थापा जोगिन खोजेको आरोप समेत लागेको छ ।

नेपाल–भारतबीच रहेको खुला सीमा नाका सिल रहेको अवस्थामा भारी परिमाणमा भारतीय प्रहरीले चाइनीज स्याउ बरामद गरेपछि सुनसरी प्रहरीमाथि नै प्रश्न उब्जिएको छ । स्याउ तस्करीको विषयमा सदरमुकाम इनरुवालाई मुकाम बनाएर पत्रकारिता गरिरेहका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद उक्त घटनाबाट आफु आश्चर्य चकित भएको बताउँछन् ।

सुनसरीका सुरक्षा निकाय असफल बनेको टिप्पणी गर्दै उनी भन्छन्, ‘निषेधाज्ञाको समयमा सीमा पूर्णरुपमा बन्द छ । यो अवस्थामा तीन ट्रक स्याउ बोकेका नेपाली ट्रक सुनसरी प्रहरीको मिलेमतो बिना भारतीय शहर बिरपुर कसरी पुगे ?

अघिल्लो आइतबार बिहान भारतीय प्रहरीले ना ६ ख १५१२, ना ६ ख १८९५ र प्रदेश १–०२–००१ ख ८०४१ का ट्रकसहित अन्य तीनवटा भारतीय ट्रक, एउटा चार पांग्रे र एउटा मोटरसाइकल बरामद गरेको थियो । बरामद गरिएको चाइनीज स्याउसँगै विराटनगर २ का ३० वर्षीय नीरज मगर, ३४ वर्षीय सन्तोषकुमार सिंह, ४० वर्षीय टेकबहादुर श्रेष्ठ र दाङका आशिष बस्नेत पक्राउ परेका थिए ।

त्यस्तै, स्याउ तस्करीका मुख्य नाइके भनिएका भारत बिहार राघोपुर थानाक्षेत्र सतकोरारिया ५ का ३३ वर्षीय पवनकुमार चौधरी, २५ वर्षीय रमेशकुमार राम, सहरसा जिल्ला कुमरा ३ का ३२ वर्षीय महम्मद शम्शेर र समस्तीपुर १२ का ३६ वर्षीय फुलेन्द्र यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक हजार ३५० कार्टुन चाइनीज स्याउ बरामद गरेपछि प्रहरीको भूमिकामाथि शंका उत्पन्न भएको हो ।

स्याउ तस्करीमा सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै उच्चपदस्थ सुरक्षा अधिकारीको समेत संलग्नता हुने गरेको पूर्व प्रहरी अधिकारीहरु स्वीकार गर्छन् । स्याउ, सुपारी, मरिच, मटर तस्करी गराउन तल्लोदेखि माथिल्लो निकायका उच्चपदस्थ सुरक्षा अधिकृतहरू नै सलंग्न हुने गरेको स्रोतको भनाइ छ

विगतदेखि नै उच्चपदस्थ सुरक्षा अधिकारीहरुको सेटिङमा स्याउ, सुपारी, मरिच, मटर लगायतका सामाग्री तस्करी गराइने गरिएको गम्भीर आरोप लाग्ने गरेको छ ।

Tags: #तस्करी#सुनसरी#सुनसरी प्रहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित
FEATURE BREAKING

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गर्ने अन्तिम तयारीमा रहेको धरान उपमहानगरपालिका राजनीतिक विवादको चपेटामा परेको छ।...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
समाचार

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्डबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी...

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३
कोशी ब्यारेजको पुलबाट हामफालेका पुरुषको उद्धार

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो

साउन ३, २०८३

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

धरानमा बजेटमाथि राजनीतिक खिचातानी, एजेन्डामै प्रवेश नगरी कार्यपालिका बैठक स्थगित

साउन ३, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित २२ वर्षीय युवक पक्राउ

साउन ३, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

आवश्यकताको चौथाइ पनि पुगेन मल, झापाका किसान समस्यामा

साउन ३, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा बाढीको कहर : खोला तर्दा दुई जनाको ज्यान गयो

साउन ३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1091 shares
    Share 436 Tweet 273
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.