धरान : धरान ९ मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
उनको सोमबार साँझ ५ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए ।
मृतकलाई उच्च रक्तचाप र आस्थामाको दीर्घ रोग रहेको पनि प्रतिष्ठानले जनाएको छ । उनलाई असार ६ गते संक्रमण पुष्टि भएको थियो भने ८ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post