Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वीपीमा बेथिति अन्त्यको माग गर्दै ज्ञापन पत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १६, २०७८
in समाचार
0
वीपीमा बेथिति अन्त्यको माग गर्दै ज्ञापन पत्र
199
SHARES
Share on FacebookShare on Twitter

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्य गर्नुपर्ने माग गर्दै धरान सरोकार समाजले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ र सल्लाहकार सरु श्रेष्ठले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पनि ज्ञापन पत्रको बोधार्थ पत्र बुझाएको छ ।

समाजले प्रतिष्ठानमा बेथिति मौलाएको भन्दै सुधार गर्नुपर्ने माग राख्दै मेयर राईलाई ज्ञापन पत्र बुझाएको हो ।

विभिन्न मागसहित मुख्यमन्त्री कार्यालय प्रदेश १ विराटनगर, प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्रीको कार्यालय काठमाडौं, सामाजिक विकास मन्त्री कार्यालय प्रदेश १ विराटनगर, स्वास्थ्य सचिव कार्यालय काठमाडौं, मेयर धरान उपमहानगरपालिका र उपकुलपति वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बोधार्थ पत्र बुझाएका छन् ।

२८ वर्ष अघि दक्षिण एशियाकै एक उत्कृष्ट चिकित्सा शैक्षिक केन्द्र हुने उद्देश्य लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थापना भएको सरोकार समाजले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

तर, यस गरिमामय प्रतिष्ठानको स्थापना कालको सोच र लक्ष्य अहिले गुम्दै गएको छ । साथै, ठूलो पूर्वाधारसहित स्थापना भएको यस प्रतिष्ठानमा अस्पतालको सेवाको गुणस्तर खस्कदै गएको, शैक्षिक स्तरमा ह्रास आएको र उल्टो भ्रष्टाचारको दलदलमा फस्दै गएको गुनासोहरु बढ्दै गएकोले प्रतिष्ठान दिनानुदिन बदनाम हुँदै गएको सरोकार समाजको ठहर छ ।

पछिल्लो केही समयदेखि भएका पदाधिकारी नियुक्तिमा आर्थिक लेनदेन भएको, पदाधिकारी नियुक्तिमा अपनाईने “भ्रष्टाचारको संस्कृति” जरैबाट उखेलेर प्रतिष्ठानभित्र शुद्धिकरणको थालनी नियुक्तिको विन्दुबाट थालनी पर्ने, यसका लागि हाम्रो भन्ने मापदण्डलाई त्यागेर उदाहरणीय सदाचारिता भएका र वरिष्ठताका आधारमा आदर योग्य प्राज्ञिक व्यक्तिलाई भिसी लगायतका पदाधिकारीमा नियुक्ति गर्ने संस्कृति बसाल्न सरोकार समाजको माग छ ।

लेनदेनका आधारमा पदाधिकारी नियुक्ति गरेपछि जे रोप्यो फल्ने त्यही हो । अर्थात्, त्यहाँ भ्रष्टाचार र आर्थिक अनियमितताको सिलसिलामा झ्याङ्गिने हो । अहिलेको प्रतिष्ठानको अवस्था त्यसैको परिणाम हो भन्ने कुरा घामझै छर्लङ्ग छ । कतिपय यस्ता विषयहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको र कतिपय उपर छानविन पनि भईरहेको छ ।

यद्यपि, अन्य विषयहरु अनुसन्धानको दायरामा आउन र ल्याउन बाँकी छ । भएका आर्थिक अपराधको छानविन गरी कानूनको कठघरामा दोषीहरुलाई उभ्याउनुपर्छ । यसका लागि तत्कालै नेपाल सरकारले एक उच्च स्तरिय छानविन समिति गठन गरी यथाशिघ्र दोषी उपर कानूनबमोजिम कार्बाही थालियोस् ।

यस्तै, विगतमा भारत सरकारको सहयोग कायम छउन्जेल आर्थिक साधन श्रोतको अभाव थिएन । तत्पश्चात नेपाल सरकारबाट यथेष्ट बजेट अनुदान उपलब्ध गराईएको छैन । प्रतिष्ठानले धरानको मात्र हैन, प्रदेश १ र २ लगायत नेपालको ठूलो समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । प्रतिष्ठानको वर्तमान क्षमता मागबमोजिमको चिकित्सा सेवा, अध्यापन र अनुसन्धान कार्य सम्पादन विल्कुल अपुग भईसकेको छ ।

वर्तमान र भविष्यको माग धान्ने गरी क्षमता विस्तार गर्नका लागि प्रतिष्ठानलाई चालू र पूजिगत दुबैतर्फ पर्याप्त बजेट र अनुदान नेपाल सरकारले दिनुपर्छ । यस्तैगरी, विगत केही समयदेखि प्रतिष्ठानको कार्य सञ्चालनमा अति राजनीति र आर्थिक भ्रष्टाचार व्याप्त छ । पदाधिकारी र कर्मचारी नियुक्ति गरिदा नाङ्गो रुपमा भर्ती केन्द्र बनाउने प्रवृति बढेर गएको छ । यसले पेशेवर स्वास्थ्यकर्मी, विद्यार्थी, कर्मचारी र आम नागरिक सबैको शिर निहुरिएको अवस्था छ ।

यस पृष्ठमूमिमा प्रतिष्ठानको शैक्षिक, प्रशासनिक, आर्थिक दक्षता बढाउन र कार्य सञ्चालनमा सुशासन अभिवृद्धि गर्न यसलाई आवश्यक पर्ने नीति, नियम, कार्यविधि बनाउनुपर्ने र अध्यावधिक गर्नुपर्ने भएको छ । त्यसको सदुपयोग विना भेदभाव र विना मोलाहिजा गरेर मात्र शैक्षिक, प्रशासनिक र आर्थिक निर्णयहरु पारदर्शी र जवाफदेही पूण हुन सक्छ । यसतर्फ प्रतिष्ठान व्यवस्थापन अविलम्ब लाग्न हामी गम्भिर ध्यानाकर्षण गर्दछौं ।

यस्तै, प्रतिष्ठानका बेथितिबाट आजित भएर धरानका विभिन्न क्षेत्रका प्रबुद्ध नागरिक समाजहरुको दबाब सञ्जालले अघि सारेका मुद्दाहरु प्रति हामी ऐक्यबद्धता जाहेर गर्दछौं ।

प्रतिष्ठानको सुधारका लागि दबाब सञ्जालले अघि सारेको रोडम्यापको अक्षरसः अबिलम्ब पालना गरियोस् । यस्तै, असार १२ गते सरोकार समाजले आयोजना गरेको जुम प्रविधिमा आधारित छलफलबाट वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरी आफू काठमाडौंमा रहेको बहाना देखाएर पन्छिएको ।

प्रतिष्ठानका बेथितिहरुको अन्त्य गर्ने र सुधार गर्ने न्यायपूर्ण मागहरुको सम्बोधन गर्नुको साटो छलफल र संवादबाट भाग्ने वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीको गैर जिम्मेवार प्रवृतिको हामी खेद प्रकट गर्दछौं । उक्त मागहरु पुरा नभए सरोकार समाजले धरान, प्रदेश १ राजधानी विराटनगर र संघिय राजधानी काठमाडौंमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ ।

Tags: #धरान#वीपी प्रतिष्ठानज्ञापन पत्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
समाचार

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ । घरभित्र खेलिरहेका बेला बुधबार साँझ...

विकास निर्माणमा हातेमालो श्रमदान
विविध

विकास निर्माणमा हातेमालो श्रमदान

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले...

आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.