Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १६, २०७८
in विविध, समाचार
0
८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

सांकेतिक तस्वीर ।

196
SHARES
Share on FacebookShare on Twitter

नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११/२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ । एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ ।

फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन् ।

नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन् । एनसेलमा एक महिनामा एक लाख ६० हजार ४२८ फोरजी ग्राहक थपिएका छन् । गत फागुनमा फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ रहेका थिए ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ । फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ रहेकामा बढेर २६ लाख ३६ हजार ६४७ पुर्याइएको प्राधिकरणले जनाएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख १७ हजार ७३८५ पुगेका छन् । गत फागुनको तुलनामा चैतमा ग्राहक सङ्ख्यामा पाँच हजारभन्दा बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ७८ प्रतिशत रहेको छ । यसमा एडिएसएलका आठ लाख सात हजार र एफटिटिएच इन्टरनेट पाँच लाख १५ हजार बढी रहेका छन् ।

Tags: #राससइन्टरनेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता
विविध

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका(२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित विराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

उदयपुर : उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा...

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका लत्ता कपडा बरामद

बैशाख ८, २०८३
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको निधन 

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1318 shares
    Share 527 Tweet 330
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    690 shares
    Share 276 Tweet 173
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    374 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.