विराटनगर : तस्करीको माछासहित विराटनगरबाट मंगलबार एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको जोगवनीबाट तस्करी गरेर माछा ल्याउँदै गरेको अवस्थामा ३९ वर्षीया नीलम सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भाँडामा राखेर सफारीको प्रयोग गर्दै माछा ल्याउने क्रममा पक्राउ गरिएको हो ।
पक्राउ परेकी भारत अररियाकी सहनीलाई आठ सय किलो माछासहित आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयको जिम्मा लगाइएको छ ।












Discussion about this post