इटहरी : नेकपा एमाले सुनसरीले १० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर विद्रोहको चेतावनी दिएको छ ।
शुक्रबार (आज) पार्टी कार्यालय इनरुवामा अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा बसेको बैठकले जेठ २ मा नफर्कने बताएको छ । एकता कार्यदलका नाममा मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य लगायतका नेताले पार्टीभित्र स्वार्थगत निर्णय लाद्न खोजेको उनको आरोप छ ।
भण्डारी अध्यक्ष रहेकोे जिल्ला कमिटीका पदाधिकारीले एकलौटी ढङ्गले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै जबरजस्ती गर्न खोजिए पार्टीभित्र दुर्घटना निम्तने उनको संकेत थियो ।
तत्कालीन अवस्थामा रमेश बस्नेत अध्यक्ष रहेको कमिटी अवैधानिक रहेकाले समेत सो कमिटी पुनस्र्थापना गर्ने निर्णय आफूहरूलाई मान्य नहुने बताइएको छ ।
मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य सुवास नेम्बाङसहितको कार्यदलले हिजो (बिहीबार) १४ वटै जिल्लामा पुरानै कमिटिको नेतृत्व स्थापित गर्ने निर्णय गरेको थियो ।
जसअनुसार सुनसरीमा रमेश बस्नेत नेतृत्वको कमिटीले आधिकारिता पाएको थियो । बस्नेत र उनी नेतृत्वको कमिटि माधव नेपाल पक्षको भएको कारण सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको जिल्ला कमिटी गठन भएको थियो । उक्त कमिटीको अध्यक्ष रेवतीरमण भण्डारी थिए ।
कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा बस्नेत नेतृत्वको कमिटिलाई आधिकारिकता दिने निर्णय गरेपनि भण्डारी नेतृत्वको कमिटिले भने त्यसमा गम्भीर असहमति प्रकट गरेको छ ।
यो पनि – रेवतीरमण भण्डारीलाई इटहरीका मेयर द्धारिकलाल चौधरीको कटाक्ष














Discussion about this post