इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा १५, कन्काईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३–३, सुन्दरहरैचामा २, सुनबर्षी, पथरीशनिश्चरे, जहदा र कटहरीमा १–१ जना संक्रमित छन् ।
यसैगरि, सुनसरीको धरानमा ११, इटहरीमा १०, रामधुनी, दुहवी र इनरुवामा १–१, उदयपुरको बेलका र कटारीमा १–१, पाँचथरको हिलिहाङ, ताप्लेजुङ, र धनकुटाको धनकुटा नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४४ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post