नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १,११४ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ भने ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१ सय जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post