इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापाको कन्काईमा १३, विर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५–५, बुद्धशान्तिमा २, शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २–२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १–१ जना छन् ।
यसैगरि, सुनसरीको इटहरी र धरानमा ६–६, दुहवीमा २, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ भने इलामको चुलाचुली, धनकुटाको पाख्रिबास र उदयपुरको कटारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post