इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ३३, सुन्दरहरैँचामा ८, बूढीगंगा र रतुवामाईमा २–२, पथरीशनिश्चरेमा १, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा १–१ जना छन् ।
यस्तै, झापाको भद्रपुरमा ११, कनकाई र बिर्तामोडमा ७–७, दमक, मेचीनगर र अर्जुनधारामा ४–४, कमल गाउँपालिकामा ३, शिवसताक्षीमा २, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, सुनसरीको इटहरीमा २६, धरानमा ९, इनरुवामा ४, रामधुनीमा २, दुहवी र हरिनगरमा १–१, धनकुटाको धनकुटामा २ र पाख्रीबासमा १, पाँचथरको हिलिहाङमा २, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।














Discussion about this post