इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ । तीमध्ये कोरोना संक्रमणबाट हालसम्म ११ हजार २ सय जनाको मृत्यु भएको छ भने ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, १ हजार २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२९ जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post