इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२ र झापा गाउँपालिकामा १ जना छन् । यस्तै, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैँचा, कटहरी र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको धरानमा ५, इनरुवामा ४, इटहरीमा ३, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, इलामको चुलाचुली र मांसेबुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post