इटहरी : इटहरीमा ३१ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैँचामा ७, बूढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, झापाको बिर्तामोडमा ७, दमकमा ५, मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३–३, हल्दिबारी र गौरादहमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।














Discussion about this post