सोलुखुम्बु : जिल्ला प्रहरी कार्यालय सोलु मातहतमा रहेको प्रहरी चौकी खुम्जुङको नवनिर्मित प्रहरी कार्यालय भवनको समुद्घाटन भएको छ ।
चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि सी ले उक्त नवनिर्मीत प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गरेका हुन्।
१ करोड ६८ लाख ६४ हजार ३ सय ८४ रुपैयाँको लागतमा प्रहरी चौकी खुम्जुङको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि सीले गाँस बासको उचित ब्यबस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताएका छन् ।
बि सीले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बि सी ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।












Discussion about this post