इटहरी : इटहरीमा पसल बन्द गराउँदै हिँडेका २० जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार आज (मंगलबार) बिहान बजार, पसल बन्द गराउँदै हिँडेका २० जनालाई पक्राउ गरिएको हो ।
नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्विको विरुद्वमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशव्यापी बन्दको आह्वान गरेको थियो ।
‘जबरजस्ती बजार, पसल बन्द गराउँदै हिँडेका २० जनालाई हामीले पक्राउ गरेका छौँ,’ डीएसपी केसीले टाकुरासँग भने ।
बन्दका कारण आज इटहरी बजार सुनसान छ ।














Discussion about this post