मोरङ : बैकिङ कसुर मुद्धामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उम–महनगरपालिका ७ की ५० वर्षिया सुनिला याखालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको हो ।
बैकिङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु ५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याखालाई हिजो पक्राउ गरी आज सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post