मोरङ : मोरङको बिराटनगर १४ बाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका ९ का २२ वर्षिय निसान चौधरी र इटहरी १२ का २८ वर्षिय दिवश तामाङ रहेका छन ।
हिजो राती सि.आर.भि. जतुवाबाट गएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो ।
खैरो हिरोईन फेला परे सगै मोटरसाईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post