धरान : नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको सभापतिमा नवीन श्रेष्ठ चयन भएका छन् ।
शुक्रबार नेविसंघ जिल्ला कमिटीको उपस्थितिमा भएको अधिवेशनले सभापति र सचिवलाई निर्विरोध चयन गरेको हो ।
सभापतिमा तेस्रो वर्षबाट प्रकाशपुर, सुनसरी घर भएका श्रेष्ठ र सचिवमा दोश्रो वर्षबाट पथरी, मोरङ घर भएका सौगात भट्टराई सर्वसम्मत रूपमा चयन भएका हुन् ।
कमिटीका अन्य पदाधिकारी भने बैठक बसेर तय गरिने नेविसंघ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका नेता प्रभास गौतमले जानकारी दिए ।














Discussion about this post