मोरङ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका ६ गेरावनी बस्ने २२ वर्षीय अजय लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बुढिगंगा गाउँपालिका ७ मा २६ वर्षीय रिजन दाहाललाई गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहार गरी मृत्यु भएको घटनामा संलग्न रही फरार भएका अजयलाई खोजी गर्ने क्रममा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post