इटहरी : नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित तीन सय १५ जनाले पार्टी परिवर्तन गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका नेताहरूले बुधवार एक विज्ञप्ती मार्फत माओवादी केन्द्रले सामान्य विधि, नीति र पद्धतिसमेत उल्घंन गर्दै विर्सजनतर्फ अग्रसर भएकाले सो पार्टी परित्याग गर्नु परेको जनाएका छन् ।
विज्ञप्तीमा सागंठनिक, सैद्धान्तिक र बैचारिक विचलनसहित दक्षिणपन्थी विसजनवादतर्फ नेकपा माओवादी केन्द्र गएको ठहर गरि समाजवादको दिशातर्फ उन्मुख भई अगाडि बढ्न नसकेकाले पार्टी परित्यागको अवश्थामा पुगेको उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्रको बुद्धीजीवी फाँटका प्रदेश सचिव प्राध्यापक अर्जुन उप्रेती, प्रदेश सदस्य डा. खगेन्द्र ओली, स्वास्थ्यकर्मी संघका जेपी उराँव, बुद्धी फाँटका चेवन कोइराला, विशाल ओली लगायत तीन सय १५ जनाले सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेकपा एसमा प्रवेश गर्नेहरूलाई नेकपा एसका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज धनेन्द्र बस्नेत, पोलिटव्यूरो सदस्य धर्मराज निरौला, जिल्ला अध्यक्ष गोविन्द निरौला, प्रदेश सदस्य दिवाकर रेग्मी, प्रदेश १ का नेता चिरञ्जीवी भट्टराई, इटहरी इन्चार्ज केवल फुयाँल लगायतले प्रदेश कार्यालयमा स्वागत गरेका थिए ।
नेकपा एसका केन्द्रिय सदस्य केशव विष्टले आज प्रवेश गरेका तीन सय १५ जनाको नामसहितको हस्ताक्षर बुझाएकाले प्रदेश वा जिल्ला तहमा केही हप्ता भित्र औपचारिक समारोहको आयोजना गरि विधिवत रुपमा पार्टीमा जिम्मेवारी दिने गरि कार्यक्रमको आयोजना गरिने बताए ।



















Discussion about this post