झापा : झापाको मेचीनगर नगरपालिका ७ मा खाना पकाउने ग्याँस विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार राति यहाँका केशव पाठकको घरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा मेचीनगर ८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।
घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।
टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मेचीनगर ८ का ८ वर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।
आगलागीमा बिर्तामोड ९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर ८ का ४० वर्षीय लेखनाथ तिमल्सिना घाइते भएकाले उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post