इटहरीको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्नेको संख्या बृद्धि हुँदै गएको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार एक सय बेड क्षमताको क्वारेन्टाइनमा हाल ८१ जना नागरिक बसोबास गर्दै आएका छन् ।
उनीहरुमध्ये ७८ जना पुरुष र तीनजना महिला रहेको गौतमले बताईन् । ‘६० जना भारतीय नागरिक, ७ जना पाकिस्तानी नागरिक सहित अन्य १४ जना नेपाली नागरिक रहनुभएको छ,’ गौतमले टाकुरासँग भनिन्, ‘उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनका अनुसार इटहरीबाटै अब स्वाब परीक्षण पनि लिन थालिएको छ । इटहरीमै पहिलोपटक क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिई कोसी अस्पताल विराटनगरमा पठाईएको छ । ‘हाम्रोमा ल्याब नभएका कारण रिपोर्टका लागि समस्या भएको हो,’ उनले भनिन्, ‘हाम्रो प्राविधिक चैँ रहेको छ, अब परीक्षणका लागि सहज हुनेछ ।’
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...















Discussion about this post