इटहरी : नेकपा एमाले सुनसरी जिल्लाको सातौं अधिवेशनमा युवा विद्यार्थी तर्फको निर्वाचनमा जीबी गजलले सबैभन्दा बढी मत प्राप्त गर्दै सदस्यमा विजयी भएका छन् ।
इटहरी निवासी रहेका उनी अनेरास्ववियुका केन्द्रीय सदस्य छन् । उनीसँगै विद्यार्थी तर्फ ४ जना पार्टीको जिल्ला सदस्यमा विजयी भएका छन् ।
गजलले ७ सय ९५ मत ल्याई विजयी भएका हुन् ।
त्यस्तै, ६ सय ११ मत ल्याई जिल्ला सदस्यमा ईश्वरबिक्रम शाही, ५ सय ७८ मत ल्याई एकराज दाहाल र विद्यार्थीको पनि महिला तर्फ अन्जु पाण्डेले ८ सय ३७ मत प्राप्त गरि विजयी भएकी छन् ।












Discussion about this post