इटहरी : नेता कमल थापाले अमेरिकी परियोजना एमसीसी पारित गर्नु उपयुक्त भएको बताएका छन् । शुक्रबार (आज) इटहरीमा पत्रकार भेटघाटमा उनले एमसीसी पारित गर्नु उपयुक्त भएको बताएका हुन् ।
इटहरी उपमहानगरपालिका २० तरहरास्थित पत्रकार भेटघाटमा उनले भने, ‘एमसीसीका सन्र्दभमा अहिले आशंकाहरू, प्रश्नहरू खडा भएका छन्, यो आशंका र प्रश्नहरूको निराकरण गरेर जनतालाई विश्वास मत दिएर सहमतिको आधारमा यो एमसीसीलाई पारित गर्नु उपयुक्त हुन्छ ।’
उनले एमसीसी लिनका निमित्त नेपालले कुनै हिनताबोध गर्नुनपर्ने तर्क राखे ।
आफू राप्रपा पार्टीबाट अलग भएपछि पहिलोपटक पूर्व आएका उनले भने, ‘आशंका र प्रश्नहरूको निराकरण गर्दै जनतालाई विश्वास मत दिएर एमसीसी पारित गर्दा उपयुक्त हुन्छ ।’
उनले अब आफू नयाँ पार्टीको कार्यदिशा बनाउन लागेकाले फागुन पहिलो साताभित्र पार्टी दर्ता गरेर स्थानीय निर्वाचनमा भाग लिने समेत बताए ।
भिडियो














Discussion about this post