इटहरी : मोबाइल लगायतका विद्युतीय उपकरण उत्पादक कम्पनी साओमीले इटहरीमा मंगलबारदेखि सोरुम सञ्चालनमा ल्याएको छ ।
साओमीको पूर्वाञ्चल बिक्रेता अरुण एण्ड व्रदर्शले इटहरीमा सञ्चालनमा ल्याएको सोरुमको मंगलबार साओमीका एशोशिएट डाइरेक्टर सुवोध कोठारीले उद्घाटन गरे ।
सोरुम उद्घाटनपछि बोल्दै उनले साओमीका उत्पादनहरूलाई पूर्वका उपभोक्ताले मनपराएको बताए । साओमीले छोटो समयमै देशभर ११ वटा सोरुम सञ्चालनमा ल्याएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपालका लागि साओमीको आधिकारिक विक्रेता टेलिडिरेक्ट प्रा. लि. का एक्ज्युकेटिभ डाइरेक्टर सञ्जय अग्रवालले इटहरीमा पूर्वकै पहिलो तथा देशभरको एघारौं सोरुम सञ्चालनमा ल्याएको जानकारी दिए ।
साओमीले मोबाइलसहित टेलिभिजन, मोबाइल एसोसरिजका र इको सिष्टमका सामानहरू उत्पादन गर्ने गरेकाले ती सबै उत्पादन सोरुममा पाइने उनको भनाइ छ ।
अन्य वितरकहरूसँग साओमीका सबै प्रकारका सामान एकै ठाउँमा उपलब्ध नहुने भएकाले साओमीका सबै उत्पादन एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालमा ल्याएको सोरुमका सञ्चालक तथा साओमीका क्षेत्रीय विक्रेता अरुण एण्ड व्रदर्शका डाइरेक्टर अभिषेक तोदीले जानकारी दिए ।
















Discussion about this post