Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको राजस्व कार्यालयका प्रमुखलाई ‘सेटिङ’ मिलाउन तस्कर पुगेपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ४, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीको राजस्व कार्यालयका प्रमुखलाई ‘सेटिङ’ मिलाउन तस्कर पुगेपछि…
400
SHARES
Share on FacebookShare on Twitter

इटहरी : तस्कर समूह र प्रहरीबीच पूर्वका सीमावर्ती क्षेत्रमा श्रृखलाबद्द रुपमा झडप तथा आक्रमणका घटना बेला बेलामा हुने गरेका छन् । तर, मंगलबार दिउँसो भने राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा फरक घटना हुन पुगेको छ ।

सशस्त्र प्रहरीले नै तस्करी गर्ने समूहका व्यक्तिलाईं लिएर राजस्व अनुसन्धान कार्यालय प्रमुख तीर्थ खनालको कार्यकक्षमा पुगे ।

प्रमुख खनालको कार्यकक्षमा सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सइ गणेश खड्काले टेलिफोन गरि सशस्त्र प्रहरी सहायक हवल्दार थमबहादुर गिरीमार्फत देवानगञ्ज वडा नं. ५ का सन्तोष यादव लिएर पुगे । गिरीले यादवलाई कार्यालय प्रमुखको कार्यकक्षमा लगेपछि सोधीखोजी शुरु भयो । त्यस क्रममा यादवले भने, ‘म चिनी, सुर्ती र गुट्खा यताको उता गर्छु ।’

तीन महिनाअघि राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा आएका खनालका अनुसार राजस्वले गस्ती गर्ने क्रममा सवैभन्दा बढी असहयोग सशस्त्र प्रहरीबाट भएको छ । प्रदेश नं. १ का जिल्लामध्ये सुनसरीका विभिन्न नाकाबाट विशेषगरी चिनी, युरिया मल, सख्खर, कपडा, सुर्ती, गुट्खा, रजनीगन्धा जस्ता पदार्थको चोरी पैठारी हुने गरेको छ ।

यादवले त्यसरी खुलामखुल्ला नियमकारी निकायका प्रमुखलाई चुनौती दिएपछि खनाल आवेसमा आएर हप्कीदप्की गरेपछि उनीहरु भाग्न खोजे ।

भाग्न खोज्दा समातेर पिट्दा उल्टै कार्यालय प्रमुख खनालको दाहिने हातको बुढी औला फ्याक्चर भएको छ । द्रेवे हातमा चोट लागेको छ ।

कार्यालय प्रमुखको कार्यकक्षबाट भाग्न सफल भएका यादव र प्रहरी सहायक हवाल्दार गिरी राजस्व अनुसन्धानको कार्यालयमा डियूटी बस्ने प्रहरीको आँखा छलेर तत्काल भाग्न सफल भए । डियूटीमा खटिएका सशस्त्र प्रहरीले घटना भएको सुर्ईको नै नपाएको जानकारी दिइयो ।

‘तस्करलाई भेट्न पठाउने र सेटिङ मिलाउने कुरा भएपछि हात हालाहाल सम्म भयो,’ कार्यालय प्रमुख खनालले टाकुरान्यूजसँग भने, ‘म चिनी, सुर्ती र गुट्खा यताको उता गर्छु भनेपछि सहन गर्ने स्थिति नहुँदा यो अवस्था सृजना भयो ।’

कार्यालय प्रमुख खनालको दाहिने हातको बुढी औँला फ्याक्चर भएको देखाउँदै । तस्वीर : टाकुरान्यूज ।

‘हजुरको अफिसको मान्छेलाई पनि मिलाएको छु भन्दै कार्यालयमै आएकाहरूलाई नियन्त्रणमा लिएर बयान लिने काम भएको छ,’ उनले भने, ‘स्थानीय प्रहरीहरूको पनि संलग्नता भएको आरोप लाग्दै आएको छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।’

तीन महिनाअघि राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा आएका खनालका अनुसार राजस्वले गस्ती गर्ने क्रममा सवैभन्दा बढी असहयोग सशस्त्र प्रहरीबाट भएको छ । प्रदेश नं. १ का जिल्लामध्ये सुनसरीका विभिन्न नाकाबाट विशेषगरी चिनी, युरिया मल, सख्खर, कपडा, सुर्ती, गुट्खा, रजनीगन्धा जस्ता पदार्थको चोरी पैठारी हुने गरेको छ ।

यी सामान सुनसरीको विशेषगरी, लौकही, घुस्की, देवानगञ्ज र कप्तानगञ्ज नाकाबाट भित्रिने गरेको छ ।

राजस्वको गस्ती टोली पुग्दा सशस्त्र प्रहरीले नै अग्रीम सूचना चुहाउने गरेको कार्यालय प्रमुख खनालको दावी छ । सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीका नसरुद मिया, जमसेद आलमले आफूहरू चिनीको कारोबार गर्ने र सेटिङ मिलाउनुपर्ने भन्दै कार्यालयमै आएकाले उनीहरूलाई समेत नियन्त्रणमा लिएर बयान लिइराखिएको उनले बताए ।

राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीले साउनयता मात्रै २० हजार किलो चिनी १६ लाख मूल्य बराबरको बरामद गरेको तथ्याङ्कमा उल्लेख छ ।

‘हजुरको अफिसको मान्छेलाई पनि मिलाएको छु भन्दै कार्यालयमै आएकाहरूलाई नियन्त्रणमा लिएर बयान लिने काम भएको छ,’ उनले भने, ‘स्थानीय प्रहरीहरूको पनि संलग्नता भएको आरोप लाग्दै आएको छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।’

यता, सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सइ गणेश खड्काले भने चिनजानकै व्यक्ति आएर राजस्वका प्रमुखसमक्ष चिनजान गर्ने भनेपछि टेलिफोन गरी दिएपनि अरु घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।

राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीले साउनयता मात्रै २० हजार किलो चिनी १६ लाख मूल्य बराबरको बरामद गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै, आठ लाख बराबरको कपडा, सुर्ती तथा लागूऔषधजन्य पदार्थ दुई लाख बराबरको बरामद गरिएको तथ्याङ्क छ ।

यस्तै, भिसिटीएस जरिवानाबापत ५२ लाख ९५ हजार असुलेको छ भने राजस्व चुहावटसम्बन्धी १४ करोड बिगो दावीसहित मुद्दा पेस गरिएको छ । अन्य ५० हजारभन्दा मुनीका विभिन्न मुद्दामा तीस लाख बराबरको मुद्दा दर्ता गरिएको छ ।

Tags: टाकुरा विशेषराजस्व कार्यालयसेटिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी
FEATURE BREAKING

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत...

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई
खेलकुद

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : शतिसाले फुटबल क्लबले उदयपुरको फ्युजन फुटबल क्लबलाई पराजित गर्दै तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी–२...

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३
तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई

अशोज ११, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.