Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानको जंगलमा भेटिएको शवको पहिचान भएन, घटनाबारे यसो भन्छन् सुनसरीका एसपी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ५, २०७८
in टाकुरा विशेष, समाचार
0
धरानको जंगलमा भेटिएको शवको पहिचान भएन, घटनाबारे यसो भन्छन् सुनसरीका एसपी

शवको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले पहिचानका लागि सार्वजनिक गरेको मृतकको तस्वीर । तस्वीर : जिप्रका सुनसरी ।

211
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरान ४ स्थित धरान–भेडेटार सडक खण्डमा पर्ने आँपगाछी क्षेत्रको जङ्गलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको घटना रहस्यमय बनेको छ ।

बुधबार जेब्रा झोलाभित्र टाउको र खुट्टा भेटिएको थियो भने बिहीबार शरीरका अरु भागपनि भेटिएको छ ।

‘यस्तो प्रकृतिको घटना अहिलेसम्म भएको थिएन,’ एसपी थापाले भने, ‘हिजो टाउको र खुट्टाको भाग भेटिएपछि आज पचास जना पुलिस खटाएका थियौँ ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार बुधबार साँझ सुरुमा जेब्रा झोलाभित्र टाउको र घुँडा मुनिको भाग भेटिएको थियो ।

शवको बाँकी भाग खोज्ने क्रममा बिहीबार बिहान करीब डेढ किलोमिटर उत्तर अर्को झोलामा शरीरको भाग पनि प्रहरीले भेटाएको छ । शवको पहिचान नहुँदा अनुसन्धानमा सकस भएको एसपी थापाको भनाइ छ ।

‘यस्तो प्रकृतिको घटना अहिलेसम्म भएको थिएन,’ एसपी थापाले भने, ‘हिजो टाउको र खुट्टाको भाग भेटिएपछि आज पचास जना पुलिस खटाएका थियौँ ।’

उनका अनुसार बिहीबार बिहान प्रहरी खटाएर खोजी गर्ने क्रममा सोही प्रकृतिको जेब्रा झोलामा शरीरको अन्य भाग पनि भेटिएको हो । जङ्गलमा भेटिएका शरीरका विभिन्न भागलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर सुक्ष्म ढङ्गबाट अनुुसन्धान सुरु गरिएको एसपी थापाले बताए ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान पुनः जेब्रा झोलामा प्याक गरेको अवस्थामा बाँकी शरीरको भाग पनि भेटिएको हो ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेको एसपी थापाले जानकारी दिए ।

दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उनी को हुन् भन्ने पहिचान खुलेको छैन । पहिचान हुन नसकेपछि प्रहरीले नै ती पुरुषको अनुहार प्रष्ट देखिने तस्वीर सार्वजनिक गर्दै सनाखतको लागि सहयोग गर्न अपिल गरेको छ ।

‘शवको पहिचानै नभएकाले अनुसन्धानमा समस्या भएको छ, उनको घरमा पनि केही समस्या थियो कि, केही भन्न सक्ने अवस्थै छैन,’ उनले टाकुरासँग भने, ‘घटना कतिदिन अघिको भन्ने पनि यकिन भएको छैन, रहस्यमय घटना भएकाले अनुसन्धानको क्रममा छौँ ।’

घटना रहस्यमय भएकाले आफूहरू अनुसन्धानकै क्रममा रहेको उनले बताए । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेको एसपी थापाले जानकारी दिए ।

बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोला खोलेर हेर्दा मानव शरीर रहेको भेटेका थिए । मानव शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो पनि – धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला

Tags: #हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.