Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अपराधको पराकाष्ठा : डेढ फुल भोड्का पिएपछि मात्रै शव टुक्रा बनाएर जेब्रामा हालियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १२, २०७८
in टाकुरा विशेष, समाचार
0
अपराधको पराकाष्ठा : डेढ फुल भोड्का पिएपछि मात्रै शव टुक्रा बनाएर जेब्रामा हालियो
705
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : बहराइनमा टटविर पेट्रोलियम नामको कम्पनीमा सेक्युरिटी गार्ड काम गर्ने झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको नेपाल फर्किने कुनै योजना थिएन ।

राम्रो कमाई भइरहेको थियो । दुईवटा श्रीमती मध्ये उनको दमकको चुलाचुलीमा बस्ने जेठीसँग त्यति राम्रो सम्बन्ध थिएन । प्राय कमाएको पैसा विराटनगरमा बस्ने कान्छी श्रीमती अनिता केसीलाई पठाउँथे, दिनेश । १० महिना अघि बहराइन गएका दिनेशले अनिताको नाममा लाखौ रुपैयाँ पठाइसकेका थिए ।

मंसिर पहिलो हप्ता बहराइनमै सँगै काम गर्ने साथी मार्फत अनितालाई दिनेशले केही सामान पठाएका थिए । दिनेशले पठाएको सामान पुराउन उनको साथी अनिताको डेरा पुगेका थिए । सामान पुराएर फर्किने क्रममा अनिताको हिमचिम एक ट्याम्पो चलाउने भण्डारी थरका केटासँग रहेको हल्ला साथीले सुने । र बुझ्ने क्रममा अनिताकै डेरामा ट्याम्पो चलाउने सरोज भण्डारी नाम गरेका व्यक्ति प्राय सँगै बस्न थालेको छिमेकी मार्फत जानकारी पाए । नेपाल आएका साथी मार्फत सबै कुरा दिनेशले चाल पाएपछि अनितासँग उनको खटपट शुरु हुन थाल्यो ।

त्यसपछि दिनेश र अनिताबीच राम्रोसँग कुराकानी हुँदैनथ्यो ।

त्यतिकैमा पुसको पहिलो साता बहराइनमा रहेका दिनेशलाई फेसबुक म्यासेन्जरमा एक महिलाको कल आयो । कलमा ‘तपाईको श्रीमतीसँग मेरो श्रीमान लागेर मेरो घर बिग्रने अवस्था आयो ।’ ‘समस्या मिलाउन तपाई एक पटक नेपाल आउनु पर्यो ।’

दिनेशलाई आएको यो कल अरु कसैको नभई श्रीमती अनितासँग प्रेम सम्बन्धमा रहेका सरोज भण्डारीको श्रीमतीको थियो । अनितासँग सम्बन्धमा रहेका सरोजले श्रीमतीलाई डिभोर्स दिने कानूनी प्रकृया शुरु गरेर छुटै डेरा लिएर बस्दै आएका थिए । तर सरोज अनिताको डेरामा प्राय बढी बस्ने गर्थे ।

सरोजको श्रीमतीबाट यस्तो कल आएपछि दिनेशले कम्पनीमा इमर्जेन्सी बिदा मागे । र साथीसँग ६० हजार रुपैयाँ सापटी लिएर नेपाल आएका थिए । दिनेश नेपाल आँउदै गरेको कुरा घरमा बुवा आमा र जेठी श्रीमतीलाई जानकारी थिएन । उनले काठमाडौँ आएर मात्र अनितालाई फोन गरेर आफू नेपाल आएको भनेका थिए ।

पुस २० गते नेपाल आएका दिनेश भोलि पल्ट मात्र विराटनगर पुगेका थिए । कान्छी श्रीमती अनितालाई बोलाएर दिनेश विराटनगरस्थित नोबेल अस्पताल नजिक होटलमा बास बसेका थिए ।

होटलमा दिनेशले सरोजसँगको सम्बन्धको बारेमा अनितासँग सोधीखोजी गर्न थाले । साथै विदेशबाट पठाएको पैसाको हिसाब देखाउन पनि भने । तर अनिताले कुनै जवाफ दिइनन् । दुवैबीच होटलमा हातहालाहाल स्थित बनेको थियो । अनिताले सरोजलाई दुई लाख भन्दा बढी रकम दिएकी थिइन । त्यही रकमले सरोजले ट्याम्पो किनेर चलाउँदै आएका थिए ।

मनमुटावकै बिच दिनेश २२ गते श्रीमतीसँग पिपलचौकमा रहेको डेरा पुगेका थिए । तर अनिताले २२ गते बिहानै सरोजसँग फोनमा कुरा गरि दिनेशलाई ‘अब साईड लगाउने’ अर्थात हत्या गर्ने योजना बनाउछन् ।

दिनेशको कमजोरी मापसे रहेको फाइदा उठाउदै अनिताले रक्सीमा स्लीपिङ ट्याबेलट हाल्ने र बेहोस बनाएर हत्या गर्ने योजना तयार हुन्छ । बेलुका अनिताले आफै रक्सी ल्याएर भएपनि दिनेशलाई मताउने उनिहरुको योजना हुन्छ । साँझ डेरामा दिनेश र अनिताबिच पून विवाद हुन्छ । तनावमा रहेका दिनेशले आफै पसलमा गएर हाफ भोड्का खरिद गर्छन । यता अनिताले योजना अनुरुप तीनवटा स्लीपिङ ट्याबलेट भोड्कामा मिसाइ दिन्छीन ।

साँझको करिब ६ बजे पछि दिनेश मापसे गरेको ठाँउ ९खाट० मै अचेत भइ ढल्छन् । र यही मौकामा अनिताले सरोजलाई बोलाउछिन् । सरोज र अनिताको योजना अनुसार दिनेश अचेत अवस्थामा ढलेपछि दिनेशले नै लगाएको गलबन्दी निकालेर सरोजले घाटीमा कसी हत्या गर्छन ।

डेढ फुल भोड्का खाएर शव टुक्रा बनाइयो

पुस २२ गते दिनेशको आफनै श्रीमती र उनका प्रेमीबाट हत्या हुन्छ । त्यो रात दिनेशको हत्या गरेपछि श्रीमती अनिता र प्रेमी सरोज शवलाई खाट मुनि राखेर होटलमा वास बस्छन् । भोलि पल्ट बिहानै शव व्यवस्थापन गर्नलाई दुवैको सल्लाह अनुसार ग्रेण्डर मेसिन, ३ थान जेब्रा झोला र कालो प्लाष्टिक खरिद गर्छन ।

शवलाई टुक्राएर झोलामा राखेर फाल्ने योजना अनुसार डेरामा रहेको खुकुरीको मद्धतले शव टुक्राउन सरोज अगि सर्छन । शुरुमा टाँउको अलग बनाउन खोज्छन् तर गर्दन रेट्ने आँट नआएपछि सरोजले अनितालाई एक फुल भोड्का ल्याउन भन्छन् । एक फुल भोड्का पिए पनि सरोजलाई टाउको काट्ने आँट आउदैन । फेरी दुई क्वाटर भोड्का पिउछन् । त्यसपछि बल्ल सरोजले दिनेशको टाउको खुकुरीले रेटेर अलग बनाउछन् ।

शवलाई टुक्रा बनाउने कार्यमा अनिताले पनि सरोजलाई सघाउँछिन् । ४ हजारमा खरिद गरेर ल्याएको ग्रेण्डर मेसिनले भने दाहिने तिघ्राको भाग काट्छन् । करिब ३ घण्टा लगाएर शव दुईवटा जेब्रा झोलामा हालेर दुवैजना साँझ ट्याम्पो भाडामा लिइ भेडेटारको जंगलमा झोला फ्यालेर भेडेटारमा एक रात बसेर फर्किन्छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् ‘सरोजले शव टुक्रा बनाउन अत्याधिक मापसे गरेका थिए ।’ भित्रैबाट आट नआएका कारण रक्सी पिएर शवलाई टुक्रा बनाएको प्रहरी समक्ष सरोजले बयान दिएका हुन ।

मास्कले गरायो सनाखत

दिनेशको शव फेला पर्दा उनले लगाएको कपडाको गोजीमा बहराइनमा निर्मित मास्क भेटिएको थियो । भिजिटिङ कार्ड पनि भेटियो । मास्क र भिजिटिङ कार्डका आधारमा वैदेशिक रोजगारीका लागि बहराइन पुगेर फर्किएका पुरुषको हत्या भएको हुनसक्ने निस्कर्षमा प्रहरी पुग्यो । इन्टरपोलमार्फत बहराइन प्रहरीसँग समन्वय गरियो ।

बहराइन प्रहरीले झापाको दमक नगरपालिका–५ ठेगाना भएका दिनेश सिग्देल गत पुस २० गते नेपाल फर्किएको जानकारी नेपाल प्रहरीलाई दियो । बहराइनस्थित टाटवीर पेट्रोलियममा सुरक्षा गार्डको काम गर्ने दिनेश बिदामा नेपाल आएपछि नफर्किएको खुल्यो ।

विराटनगर महानगरपालिका–३ पिपल चोकमा उनकी कान्छी श्रीमती अनिता डेरा गरि बस्थिन् । विराटनगर आएका उनको भेट पुस २१ गते नै अनितासँग भयो । त्यो रात दुवै जना होटलमा बसे । भोलिपल्ट अर्थात् पुस २२ गते कान्छी श्रीमतीको डेरामा फर्किएका उनको त्यही रात गलबन्दीले घाँटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार मास्क र भिजिटिङ कार्डका आधारमा मृतकको पहिचान गर्न सकिएको हो । ‘सडेर चिन्नै नसक्ने र शरीरका अङ्ग टुक्रा बनाइएको अवस्थामा शव भेटिएको थियो,’ उनले भने, ‘प्रहरीले सङ्कलन गरेको दशी प्रमाणका आधारमा एक सातापछि पहिचान भयो ।’ त्यसपछि प्रहरी दिनेशको परिवारको सम्पर्कमा पुगेको हो ।

घटना अनुसन्धानमा १ नं. प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी), जिल्ला प्रहरी कार्यालय, सुनसरी र इलाका प्रहरी कार्यालय, धरान संयुक्त रुपमा परिचालित भएको थियो ।

अपराधन्यूजबाट ।

यो पनि – प्रेमीसँग मिलेर श्रीमानको हत्यापछि खुकुरीले टुक्रा–टुक्रा पारेर यसरी फालियो धरानको जंगलमा शव

यो पनि – धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

यो पनि – धरानको जंगलमा फेला परेको शव झापाका दिनेश सिग्देलको रहेको खुल्यो

यो पनि – धरानमा बीभत्स अवस्थामा फेला परेको शवको पहिचान अझै खुलेन, सुनसरी प्रहरीद्वारा हुलियाको स्केच सार्वजनिक

यो पनि – धरानको जंगलमा भेटिएको शवको पहिचान भएन, घटनाबारे यसो भन्छन् सुनसरीका एसपी

यो पनि – धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला

Tags: #धरान#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.