धरान : कोरोना भाइरस संक्रमणका कारण सीमित व्यक्तिहरुका बीचमा यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने भएको छ ।
२५६४ औं बुद्ध जयन्ती वैशाख २५ गते परेको छ ।
लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन बिहान पूजाआजा गरि मनाइने लुम्बिनी विकास कोष सदस्य सचिव ज्ञानीन राईले बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे पूजा र प्रार्थना गरिनेछ ।
साँझ मन्दिर परिसरमा रहेको पुष्करणी पोखरीमा बुद्धको २ हजार ५ सय ६४ दीप प्रज्वलन गरेर दीपावली गरिनेछ ।
त्यस्तै बौद्ध समुदाय लगायत सबैलाई सरकारद्वारा जारी निर्देशनको पालना गर्दे आआफ्नो स्थानमा सुरक्षित तरिकाले प्रार्थना एवं पाठपूजा गरी मनाउन अनुरोध गरिएको छ ।
Discussion about this post