इटहरी : मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।
यस वर्ष सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम हुँदैछन्।
सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनाएको थियो।














Discussion about this post