इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजतप्राप्त हतियारहरू प्रहरीमा बुझाउन अनुरोध गरेको छ ।
सुनसरी प्रशासनले एक सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन इजाजतप्राप्त हतियार फिर्ता पाउने गरी प्रहरीमा बुझाउन अनुरोध गरेको हो ।
सर्वसाधारणले इजाजत लिएर राखेको हतियार फिर्ता लिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार वैशाख ३० गतेको निर्वाचनपछि फिर्ता गरिने छ ।
सूचना अनुसार जिल्ला प्रहरीमा १५ दिनभित्र हतियार बुझाउन भनिएको छ ।















Discussion about this post