इटहरी : राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरीमा गोल्डकप हुने भएको छ ।
आइतबार (आज) इटहरीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिइएको हो ।
राजा क्लबका अध्यक्ष बासुदेव श्रेष्ठका अनुसार चैत १९ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा ८ टिमले सहभागी जनाउनेछन् ।
जसमध्ये मनाङ मस्र्याङ्दी क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, राजा क्लब (आयोजक) न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत रहेका छन् ।
कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजारमा चित्त बुझाउनेछ ।
विं सं. २०२३ मा स्थापना भएको राष्ट्रिय जागृति क्लब पूर्वको प्रतिष्ठित क्लब हो । युवा खेलाडीहरूलाई फुटबल प्रशिक्षणमा अभ्यस्त गराई विभिन्न प्रतियोगिता आयोजना गर्दै आएकाले यस वर्षको इटहरी गोल्डकप उत्साहपूर्वक तरिकाले सम्पन्न हुने श्रेष्ठले बताए ।
इटहरी रंगशालामा हुने खेलमा दर्शकले स्तरीय प्यारापिटमा बसेर खेलको मज्जा लिन सक्ने उनको भनाइ छ ।
‘प्यारापिटमा करीब आठ हजार दर्शकले एकैपटक खेलको मज्जा लिन सक्नेछन्,’ उनले भने, ‘खेलाडीका लागि चेन्जिङ रुम, भिआइपी लाउन्च, पोस्ट म्याच कन्फ्रेरेन्स, सुविधा सम्पन्न शौचालयहरू लगायतका वातावरण अनुकुलित कोठाहरु छन् ।’














Discussion about this post