इटहरी : इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनाङले भारतको कञ्चनजङ्गा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मनाङका लागि ९ नम्बरका खेलाडी अफिज ओलावलेले २ गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराएका हुन् । उनले पहिलो हाफको १६ औँ मिनेटमा र दोस्रो हाफको ३२ औँ मिनेटमा गोल गरे ।
खेलको अन्तिम समयसम्म पनि भारतको कञ्चनजङ्गा क्लबले गोल गर्न नसक्दा मनाङका लागि जीत सहज भयो । खेलको म्यान अफ द म्याच उनै ओलावले हुँदै नगद १० हजार हात पारे ।
चैत २६ गतेसम्म हुने प्रतियोगिताको बिजेताले नगद ७ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाख ५० हजारमा चित्त बुझाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
सोमबार झापा ११ र एभिनियर फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।












Discussion about this post